नियम ३५
सूचना, कागजात तथा विवरण गोप्य रहने
विभागमा रहने ऐनको दफा २८ र ३० बमोजिमको सूचना, जानकारी, विवरण तथा कागजात वा सोको कुनै विवरण वा प्रतिलिपि विभाग, मुद्दा मामिला वा अन्य कानूनी कारवाहीको सिलसिलामा अनुसन्धान अधिकृत, अदालत वा अन्य अधिकार प्राप्त अधिकारी वा निकाय बाहेक कसैलाई दिइने वा उपलब्ध गराईने छैन ।